काठमाडाैँ । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ भने चाँदी स्थिर रहेको छ ।
आइतबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ ।
आइतबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
FACEBOOK COMMENTS