काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मङ्गलबार सुन प्रतितोला एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला २१४० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS