काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २ सयले घटेर तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको अहिलेसम्मकै उच्च एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३३० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS