काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १६ सयले घटेर तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजार एक सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर २२५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३ सयमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS