काठमाडौं । सरकारले आगामी आर्थिक २०८२–०८३ को बजेटमा गरेको व्यवस्थाको विरुद्ध नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आन्दोलन गर्ने भएका छन् ।
सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्येक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजेको दाबी गरिएको छ ।
यो ब्यवस्था लागु भएको खण्डमा समग्र सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला ब्यवसायी आफ्नो ब्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुग्ने निश्चित रहेको बताइएको छ । महासंघका माग प्रति निजी क्षेत्रका छाता संगठन, उपभोक्तावादी संस्थाहरुले समेत एक्यबद्धता रहेको जनाइएको छ ।
समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, राजनीतिक दलका प्रमूख नेता, नियमनकारी निकायमा समस्याको बारेमा अवगत गराउनुको साथै तत्काल समस्या समाधानको वाटो खोज्न आग्रह गरिएको थियो । राष्ट्रिय सभाको उपभोक्ता हित उपसमिति, संघीय संसदको अर्थ समिति, पूर्व अर्थमन्त्रीलाई भेटेर बजेटको विषयमा जानकारी गराएको थियो ।
आफ्नो माग सम्बोधन नभए महासंघका तत्कालिन अवस्थाका सबै संघर्ष र आन्दोलनका कार्यक्रम स्थगन गरी रचनात्मक कार्यक्रम र छलफल तथा संवादबाट समस्या समाधानका लागि समेत निरन्तर लागि रहेको जनाएको छ । सरकारले ब्यवसायीका जायज मागलाई सम्वोधन गर्न तदारुकता नदेखाएको र निर्णयक पहलकदमी नभएको हुँदा हाम्रा मागहरु पुरा नभएसम्म हामी चरणवद्ध रुपमा आन्दोलनमा जान बाध्य हुने जनाएको छ ।
दुबै महासंघले संयुक्तरुपमा, संयुक्त आन्दोलन परिचालन समिति र विभिन्न बिषयगत समिति गठन गरिएको जनाएको छ । सोही समितिको आयोजनामा राष्ट्रियरुपमा विरोध सभा तथा विरोध याली आयोजना गर्नुका साथै त्यसपश्चात निरन्तर रुपमा आन्दोलनका कार्यक्रम गर्दै जाने र अनिश्चितकालिनरुपमा देशैभरका पसल ब्यवसाय बन्द गरी सडक आन्दोलन गर्ने निर्णण भएको जानकारी गराउँदै संयुक्त आन्दोलनको घोषणा गर्ने जनाएको छ ।
तत्काल अध्ययन कार्यदल गठनगरी जायजमाग सम्बोधन गर्न सरकारलाई अपिल गरेको छ । सरकारले यथाशिघ्र आफ्नो मागलाई सम्वोधन नगरेमा महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
महासंघले बिरोध कार्यक्रम (नारा सहितको ब्यानर, कालो झण्डा, हातमा कालो पट्टी बाँध्ने कार्यक्रमको निरन्तरता दिने ।) र अन्य रचनात्मक कार्यक्रम गर्ने जनाएको छ ।
अव्यवहारिक कर नीति वारे व्यवसायका माग सम्वन्धमा सचेतना पम्प्लेट सदस्य तथा उपभोक्ताहरु लाई वितरण गर्ने जनाएको छ । अव्यवहारिक करले व्यवसाय, उपभोक्तामा पार्न सक्ने प्रभावका बारे सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तथा आन्दोलन पूर्व तयारी सदस्य सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
महासंघले असार १३ गते देशभरका ब्यवसाय बन्द गर्ने जिल्ला सदरमुकाममा विरोध कार्यक्रम संचालन गर्ने र काठमाडौंमा वृहत र्यालीसहित विरोध सभा गर्ने जनाएको छ । सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ देखि देशभरका सम्पूर्ण सुन चाँदी ब्यवसाय अनिश्चितकाललिन बन्द गरी महासंघ द्धारा तय गरिएका आन्दोलनका कार्यक्रममा सहभागीता हुने जनाएको छ ।
FACEBOOK COMMENTS