काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दश रुपैयाँले बढेर तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला तीन हजार दश रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS