काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन को मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घटेर दुई लाख ४४ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
यसअघि मङ्गलबार सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको पाँच रुपैयाँले बढेर तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मङ्गलबार चाँदी प्रतितोला तीन हजार एक सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS