काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार चाँदी प्रतितोला तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS