काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ ।
सोमबार प्रतितोला चार सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार थप दुई सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य आइतबारको तुलनामा चार सय रूपैयाँले बढी हो ।
यता, चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ ।
आइतबार र सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।
FACEBOOK COMMENTS