काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनकाे मूल्य बढेको छ ।
मंगलबार प्रतितोला एक हजार रूपैयाँले घटेको सुनको भाउ बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।
यता, बुधबार चाँदीको मूल्य भने स्थिर छ । यस दिन चाँदी प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS