काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ ।
अघिल्लो दिन सोमबारको तुलनामा प्रतितोला आठ सय रूपैयाँले घटेर एक लाख ५५ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार स्थिर रहँदै प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा किनबेच भएको चाँदी आज प्रतितोला ४० रूपैयाँले घटेर एक हजार आठ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS