काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार पनि सुनको मूल्य बढेको छ ।
हिजो आइतबार प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप पाँच सय रुपैयाँले महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
हिजो छापवाल सुन प्रतितोला एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
साताको कारोबार सुरु भएको दुई दिनमा सुन प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
शुक्रबार सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य भने स्थिर छ । हिजो प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।
FACEBOOK COMMENTS