काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३८ हजारमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको २ लाख ३५ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ३१२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार चाँदी तोलाको ३०८५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS