काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ ।
शुक्रबार (मंसिर २६) दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो । त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ । गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS