काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।
आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ।
त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ।
आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

यो समाचार पनि पढ्नुस्

‘ब्रिक्स–पे’ले सुनको मूल्य बढाएको हो ? यी पाँच देशले यसरी हल्लाउँदैछन् अमेरिकी डलरको जग !

FACEBOOK COMMENTS