काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आउनेक्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ६५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको २ लाख ८२ हजारयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४४२५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४५४० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS