काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा उच्च गिरावट आएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ८१ हजार रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले घट्दै ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS