काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।
आज छापावाल सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेको हो । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा यथावत रहेको हो ।
FACEBOOK COMMENTS