काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो बुधबार ९ सय रुपैयाँले सुनको मूल्य बढेको थियो ।
आज नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । हिजो २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।
विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको छ । गत बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS