काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १५ सयले घटेर तोलाको ३ लाख ४ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको ३ लाख एक हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर तोलाको ४८८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८८५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS