काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अघिल्लो दिनको कीर्तिमानी मूल्य तोड्दै सुन इतिहासकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा पाँच सय रूपैयाँ बढी हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यता शुक्रबार चाँदी भने मूल्य स्थिर रहँदै प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदीको मूल्य स्थिर थियो ।
FACEBOOK COMMENTS