काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको भाउ तोलामा पाँच हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७८ हजार ३०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।