काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ७ सयले बढेर तोलाको २ लाख ७७ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले बढेर तोलाको ५६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार चाँदी तोलाको ५४८५ रुपैयाँमा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS