काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
आजका लागि प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला चार हजार ८२० रुपैयाँ कायम भएको छ । हिजो चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।