काठमाडौं । नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सुनको मूल्य आज तोलामा ३ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलाको ३ लाख २२ हजर ७०० रुपैयाँ तोकिएको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
७ दिनमा सुनको मूल्य १५ हजार ९०० रुपैयाँले बढेको हो । गत साताको मंगलबार सुनको मूल्य तोलाको ३ लाख ६ हजार ८०० रुपैयाामा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ४ हजार ९६५ रुपैयाँ तोकिएको छ । यसअघि आइतबार चाँदी ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।