काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS