काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ७ हजार एक सयले बढेर तोलाको २ लाख ५८ हजारमा कारोबार भइरहेको छ ।
यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि विहिबार सुन तोलाको २ लाख ५० हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर ३३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३२७५ मा कारोबार भएको थियो ।
सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाको कति पुग्यो ?

FACEBOOK COMMENTS