काठमाडौं । लगातार ३ दिन बढेको सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० सय रुपैयाँले घटेर १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला १४००, ९०० र ३०० हजार रुपैयाँले बढेको थियो ।
यसअघि, बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ कायम रहेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १९ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १९ सय ८५ रुपैयाँ रहेको थियो ।
FACEBOOK COMMENTS