काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ ।
साताको पाँचाै काराेबार दिन सुन आज तोलामा ३ हजार ५ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य ताेलामा ३५ रूपैँयाले घटेकाे छ । बुधबार तोलामा १ हजार ९ सय ६० रूपैँया कायम भएको चाँदी बिहीबार १ हजार ९ सय २५ रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS