काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।
साताको छैटाैं काराेबार दिन सुन आज तोलामा ३ हजार बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहिबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य ताेलामा २० रूपैँयाले बढेकाे छ । बिहिबार तोलामा १ हजार ९ सय २५ रूपैँया कायम भएको चाँदी शुक्रबार १ हजार ९ सय ४५ रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS