काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेकाे छ ।
आज छापावाल सुन तोलामा दुइ सय रुपैयाँले घटेकाे हाे ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार नाै सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साेमबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि घटेकाे छ । साेमबार प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नाै सय ९५ कायम भएकाे छ ।
FACEBOOK COMMENTS