काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।
आज छापावाल सुन तोलामा १६ सय रुपैयाँले घटेको हो ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य बढेको छ । मंगलबार बार प्रतितोला एक हजार नौ सय ९५ कारोबार भएको चाँदी आज दुई हजार पाँच रुपैयाँमा कायम भएको छ ।
FACEBOOK COMMENTS