काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ ।
आज छापावाल सुन तोलामा १५०० सय रुपैयाँले घटेको हो ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार पाँच रुपैयाँ कारोबार भएको चाँदी आज एक हजार नौ सय ९५ कायम भएको छ ।
FACEBOOK COMMENTS