काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य आज पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ८ सयले घटेर तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेर तोलाको २१५० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS