काठमाडाैं । सुनको मूल्य बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढे २ हजार ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला २ हजार २० रुपैयाँ कायम रहेको थियो ।
FACEBOOK COMMENTS