काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ रहेकोमा आइतबार ६ सय रुपैयाँले बढेको हो ।
आइतबार चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ सय ५१० रुपैयाँ रहेकोमा आइतबार ३५ रुपैयाँले घटेको हो ।