काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १३ सयले बढेर तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ ।
यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६९ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७० रुपैयाँले बढेर ४८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार चाँदी तोलाको ४५८५ मा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS