![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची कायम गर्दै हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको जानकारी दिएको हो ।
महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो आइतबार समेत छापावल र तेजाबी सुनको कारोबार यही मूल्यमा भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम छ । हिजो यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
FACEBOOK COMMENTS