![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो ।
मंगलबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको भाउ आज प्रतितोला २५० रुपैयाँले बढेर तोलामा १ लाख ९ हजार ७५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS