काठमाडौं । नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
आज प्रतितोला एक हजार रुपैयाँले बढेर छापावाल सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मूल्य पनि एक हजार रुपैयाँले बढ्दै प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको अघिल्लो दिन एक लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चचाँदीको मूल्यमा ५० रुपैयाँले बढ्दै प्रतितोला ए हजार ९०० रुपैयाँ कायम भएको हिजो एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS