काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य स्थिर रहेको छ र तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भइरहेको छ ।
यसअघि सोमबार पनि सुन तोलाको एक लाख ९३ हजार ३०० मा नै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले घटेर तोलाको २२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS