काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २१ सयले बढेर तोलाको एक लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार चाँदी तोलाको २३२० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS