काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ९७ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS