काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २३ सयले बढेर एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २३५० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS