काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ र अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर तीन हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको दुई हजार ९५५ मा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य किन लगातार बढ्दैछ ? खास कारण जान्न तलका समाचारहरू पढ्नुहोस्–
किन बढ्दैछ सुनको मूल्य ? असोज महिनामा मात्रै तोलामा २२ हजारले मूल्य बढ्यो
‘ब्रिक्स–पे’ले सुनको मूल्य बढाएको हो ? यी पाँच देशले यसरी हल्लाउँदैछन् अमेरिकी डलरको जग !
FACEBOOK COMMENTS