काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँ पुगेको हाे ।
अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार सात सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ ले घटेर एक हजार तीन सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
FACEBOOK COMMENTS