काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४१ सयले बढेर तोलाको २ लाख ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर तोलाको ५१९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मूल्य हो ।
यसअघि आइतबार चाँदी तोलाको ४९९० रुपैयाँमा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS