काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलाको एक हजारले बढेर तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको २ लाख ५२ हजार एक सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ३८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार चाँदी तोलाको ३७५० मा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS