काठमाडौं । सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ९९० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँ कायम रहेको थियो ।
FACEBOOK COMMENTS