काठमाडौँ । नेपालमा दुई दिनसम्म ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य रु पाँच सयले बढेको हो ।
सुन आज तोलामा एक लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँ रहेको महासंघले बताएको छ । गतको बिहीवार मूल्य बढेर सुन अहिलेसम्मकै उच्च एक लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।
सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज तोलामा एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS